Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु

१७ बुधबार , पौष २०८१५ महिना अगाडि

चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु

सर्लाहीमा सशस्त्र प्रहरीको चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका-९ छतौनास्थित चेकपोस्टमा बा ००६ ख २००४ नम्बरको बस पल्टिँदा बसले किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको मुत्यु भएको हो ।

प्रहरीका अनुसार चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएकाे र गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ । बस चेकपोस्टमा राखिएको ड्रममा ठक्कर दिँदै पल्टिएको थियो ।

दुर्घटनामा मृत्यु भएकाे तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने बसमा सवार चालकदलका तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।