
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ । हिँजो बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तामाङलाई मन्त्रिपरिषदको बैठकले कार्यालय प्रमुखको रूपमा सरूवा गरेको हो । कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएपछि उक्त स्थानमा तामाङलाई सरुवा गरेको बताइएको छ ।
यसअघि अपराध अनुसन्धान विभागको प्रमुखको रुपमा एआइजी तामाङ कार्यरत थिए ।