Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

हवाई इन्धनको भाउ घट्दा पेट्रोल र डिजेलको बढ्यो

१७ बुधबार , पौष २०८१५ महिना अगाडि

हवाई इन्धनको भाउ घट्दा पेट्रोल र डिजेलको बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९ पैसा, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ २२ पैसा मूल्य वृद्धि गरेको हो ।

त्यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर २ रुपैयाँका दरले भाउ बढाएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको छ । निगमले प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको हो । यता निगमले तत्कालका लागि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको १ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६२ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५२ रुपैयाँ निर्धारण गरिएको छ भने तेस्रो वर्गमा भने पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५३ रुपैयाँ कायम भएको छ ।