Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

राष्ट्रपतिद्धारा नवनियुक्त राजदूतहरुको शपथ

१७ बुधबार , पौष २०८१५ महिना अगाडि

राष्ट्रपतिद्धारा नवनियुक्त राजदूतहरुको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा विभिन्न मुलुकका लागि नवनियुक्त पाँच राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले उनीहरुलाई सपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधरले डेनमार्कका लागि राष्ट्रपति पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।