Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

नेपालमा वुमेन्स फोर नेसन्स कप आयोजना हुने

१८ बिहिबार , पौष २०८१५ महिना अगाडि

नेपालमा वुमेन्स फोर नेसन्स कप आयोजना हुने

नेपालमा वुमेन्स फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडाैँकाे त्रिपुरेश्वरस्थित दशरथरंगालामा फागुन ४ गतेदेखि १५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हाे ।

वुमेन्स फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपाल लगायत ४ टाेली सहभागि हुनेछ । फागुन ४ गतेदेखि माघ १५ गतेसम्म हुने प्रतियोगितामा आयोजक नेपालसहित कीर्गिस्तान, लेवनान र म्यानमारसहित चार टोलीले सहभागिता जनाउने छन् ।

आगामी फागुन ४ गतेदेखि १५ सम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको जनाएको छ ।

नेपाल एएफसी एसिया कप २०२६ को छनोट खेल्ने क्रममा छ र फोर नेसन्स कप त्यसको तयारीका रूपमा पनि रहनेछ । खेल फेब्रुरीको फिफा विन्डोको बेला हुन लागेको हो । 

यसअघि नेपालले सन् २०२४ मा दशरथ रंगशालामै वुमेन्स साफ च्याम्पिनयनसिपको आयोजना गरेको थियो भने उक्त खेलकाे फाइनल पुगे पनि नेपाल उप–विजेतामै सीमित रहेको थियो ।