Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

१८ बिहिबार , पौष २०८१५ महिना अगाडि

प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायत र रविन्द्र केसी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका हुन् ।

बुधवार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमाेजिम बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो । कडायत प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा र केसी हेडक्वार्टरको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

यसअघि मंगलबार एआईजी किरण बज्राचार्य र ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । एआईजी बढुवाका लागि डीआईजीहरु कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदारमा थिए । ​ 

कडायत र केसी आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।