
सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । ब्युरोले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन सबैमा आग्रह गरेको हो ।
ब्युरोले ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेकाे बताउँदै त्यसता ठगिबाट जाेगिन सतर्कता गराएकाे हाे । ब्यूरोले जारी गरेको सूचनामा त्यस्ता विज्ञापन र प्रलोभनको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ ।
ठगि गर्नेहरूले इसेवा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी माग्ने र रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको बताउँदै त्यस्ता क्रियाकलापबाट सचेत रहन ब्युरोले सबैलाई अनुरोध गरेको छ ।