
आगमी माघ १४ गते सरकारले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । सरकारले प्रत्येक वर्ष माघ १४ गते याे दिवस मनाउने भएकाे हाे ।
मंगलबार मन्त्रिपरिषद्काे बैठकले उक्त निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका छन् । मन्त्री गुरुङका अनुसार बैठकले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय समेत गरेकाे बताइएकाे छ ।
त्यस्तै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने पनि बैठकले निर्णय गरेकाे बताइएकाे छ ।