
एक दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखिएको जनाएको छ । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी उक्त निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको बताइएको छ ।
कालोसूचीमा राखिएको कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मको समयसिमा तोकिएको छ । कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।