Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमाबीच भेटवार्ता

१८ बिहिबार , पौष २०८१५ महिना अगाडि

प्रधानमन्त्री र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीचको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको बताइएको छ । श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्व राष्ट्रपति विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र समेत हुन् ।

विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता समेत गरेका थिए । पुस १३ गते बिहान निजी भ्रमणका लागि काठमाडौँमा आईपुगेका विक्रमासिङ्घे आज भ्रमण सम्पन्न गरी स्वदेश फर्कने छन् ।