Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

दैलेखको पेट्रोलियम अन्वेषणको ड्रिलिङको काम सकियो

१९ शुक्रबार , पौष २०८१५ महिना अगाडि

दैलेखको पेट्रोलियम अन्वेषणको ड्रिलिङको काम सकियो

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको सम्भावित स्रोत पत्ता लगाउन सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ । गत वैशाख २८ गते सुरु भएको यो प्रक्रिया ४ हजार २ मिटर गहिराइमा पुगेर सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

यसअघि असोजसम्म सकिने योजना कडा चट्टानका कारण पुस महिनासम्पन्न लागेको हो । चिनियाँ प्राविधिक टोलीले परीक्षणका लागि सङ्कलित नमुनाहरू चीनमा विशेष अध्ययन गर्ने भएकाले अन्तिम नतिजा आउन समय लाग्ने विभागले जनाएको छ ।

उक्त स्थानमा पेट्रोलियमको भण्डारण क्षमता पत्ता लागेमा आर्थिक विश्लेषण गरेर उत्पादन प्रक्रिया अगाडि बढाइने विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जनाएका छन् । सन् २०१९ मा नेपाल र चीन सरकारबीच भएको समझदारीअनुसार दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थान क्षेत्रमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान गर्ने लक्ष्य राखिएको थियो ।

अन्वेषणको पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, र जिओ केमिकल स्याम्पलिङ सर्भेजस्ता काम समयमै सम्पन्न गरेको थियो । त्यस्तै दोस्रो चरणमा स्थलगत अध्ययन गरी सम्भावित क्षेत्र निर्धारणपछि ड्रिलिङ प्रक्रिया सुरु गरिएको थियो । 

पेट्रोलियम पदार्थको सफल अन्वेषण भएमा देशको ऊर्जामा आत्मनिर्भरता बढ्नुका साथै आर्थिक सुधार हुने र ठुलो सङ्ख्यामा रोजगारी सिर्जनासंगै देशकै समृद्धिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।