
आज बिहान भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको हो ।
निश्चल राजभण्डारीले चलाएको स्कुटर दुर्घटना हुँदा उनको पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेका अनुसार स्कुटर दुर्घटनामा निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको र उनकी पत्नी गम्भीर घाइते भएको बताइएको छ ।