
वीरगञ्जबाट चालु आर्थिक वर्षको पाँच महिनामा धानचामलको आयातमा वृद्धि भएको छ । पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष ६०.२८ प्रतिशतले बढेको हो । चालु आवमा धान आयातसंगै राजस्व सङ्कलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा २ अर्ब ४० करोड ३१ लाख ६४ हजार बराबरको धान आयात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार ५ सय ४० किलोग्राम चामल आयात भएको छ । यसअघि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।