Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

गार्डिन माइक्रोलाइफको आईपीओ आवेदन खुल्यो

२१ आइतबार , पौष २०८१४ महिना अगाडि

गार्डिन माइक्रोलाइफको आईपीओ आवेदन खुल्यो

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आवेदन खुला भएकाे छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा खुला गरेकाे हाे ।

कम्पनीले जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेकाे हाे । उक्त आईपीओमा अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिने बताइएकाे छ ।

कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको र यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको छ ।

आईपीओकाे लागि इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् भने पुस २४ गतेसम्म आवेदन दिने समय रहेकाे छ । आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा रहेकाे बताइएकाे छ । जसमा २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले बताएकाे छ ।