Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

झण्डै एक दर्जन शाखा अधिकृतहरू उपसचिवमा बढुवा सिफारिस

२१ आइतबार , पौष २०८१४ महिना अगाडि

झण्डै एक दर्जन शाखा अधिकृतहरू उपसचिवमा बढुवा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले झण्डै एक दर्जन शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा सिफारिस गरेकाे छ । बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा ११ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हाे ।

लोक सेवा आयोगको सिफारिसमा २०८१ पुष १९ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल लेखापरिक्षण सेवाका ३, नेपाल आर्थिक योजना तथा तंथ्याक सेवाका ४ र नेपाल कृषि सेवाका ४ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको थियाे ।

बढुवा समितिको सिफारिस अनुसार नेपाल लेखापरिक्षण सेवातर्फ शैलेन्द्र कुमार प्रसाईं, श्रीराम धिमाल र कृष्ण भट्ट रहेका छन् भने नेपाल आर्थिक योजना तथा तंथ्याक सेवातर्फ वीर बहादुर रावल, सन्ध्या दाहाल के.सी, विकाश मल्ल र अनिता काफ्ले रहेका छन् ।

त्यस्तै नेपाल कृषि सेवातर्फ शोभा पौडेल, पुष्पराज पौडेल, रविन्द्र पौडेल र सन्तोष कुमार चौधरी लगायतलाई समितिले उपसचिवमा बढुवा सिफारिस गरेकाे हाे ।