
सर्वोच्च अदालत बार एसोसिएसनको शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल अध्यक्षमा विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पोखरेलले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले १८१ मत प्राप्त गरेका थिए ।
त्यसैगरि उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी भएका छन् । त्यस्तै खुला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र सतीशराज मैनाली विजयी भएका छन् ।
निर्वाचित भएकामध्ये सतीशराज मैनाली प्रगतिशील समूहका हुन् भने उनीबाहेक अरू लोकतान्त्रिक समूहबाट विजयी भएका छन् । कुल ६२६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।