Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

चिसाेका कारण तराइका जनजीवन प्रभावित

२२ सोमबार , पौष २०८१४ महिना अगाडि

चिसाेका कारण तराइका जनजीवन प्रभावित

तराइका भू-भागमा शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि चिसाे अत्याधिक बढेकाे छ । दुई दिनदेखि लगातार हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाहरूको जनजीवन प्रभावित भएको हाे ।

लगातार हुस्सु र कुहिरो लागेपछि तराइका जनजीवन चिसोबाट प्रभावित भएका हुन् । त्यसैगरि तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किन समेत समस्या भएकाे र चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित भएकाे बताइएकाे छ ।

तराइका बारा, पर्सा लगायतका जिल्लाको तापक्रम घटिरहेको छ भने शनिबार वीरगञ्जको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

चसाे बढेपछि वीरगञ्ज महानगरले वीरगञ्ज आसपासका नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था समेत गरेको छ ।

यता आइतबार साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरेकाे र त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने महाशाखाको भनाई रहेकाे छ ।