
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिकाे बैठक बस्दै छ । हिँजाेदेखि सुरू भएकाे बैठक आज बिहान ११ बजे धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बस्न लागेकाे हाे ।
आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने बताइएकाे छ । बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम पनि शुरु हुने बताइएकाे छ ।
यसअघि हिँजाेकाे बैठकको शुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । प्रदेशका अध्यक्षहरूकाे रिपोर्टिङ पछि पार्टी अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्ट लामाे प्रतिवेदन पेश गरेका थिए ।
पुष २१ गतेदेखि शुरू भएकाे माओवादी केन्द्रको बैठक पुष २४ गते बुधबार सक्ने तयारी रहेकाे छ ।