Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

दैलेखमा किशोर-किशोरी मृत भेटिए

२२ सोमबार , पौष २०८१४ महिना अगाडि

दैलेखमा किशोर-किशोरी मृत भेटिए

दैलेखमा घरबाट भागेका किशोर-किशोरी जंगलमा मृत भेटिएका छन् । पुस १३ गते शनिबार घरबाट भागेका उनीहरु आइतबार जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

भगवतीमाई गाउँपालिका-४ मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक जंगलमा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । सोही गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा मानसिंह कक्षा १० र शर्मिला कक्षा ९ अध्ययनरत थिए ।

यसअघि पुष १३ गते शनिबार उनिहरू घरबाट हराएको प्रहरी कार्यालयमा जानकारी आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले बताएका छन् । प्रहरी प्रमुख दाहालले उनीहरु हराएको खबर आएदेखि नै प्रहरीले खोजी गरिरहेकोमा घरभन्दा केही टाढा पर्ने तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएकाे बताएका छन् ।

दाहालका अनुसार प्रारम्भिक अनुसन्धानले दुईबीच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न अनुमति नदिएको हो कि भन्ने अनुमान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताइएकाे छ । उनीहरु एउटै डोरीमा बाँधिएको अवस्थामा मृत फेला परेकाले आत्महत्या गरेको आशंका गरिएको छ । 

अहिले किशोर–किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।