Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

२२ सोमबार , पौष २०८१४ महिना अगाडि

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौंबाट आज बिहान १० : ३८ बजे झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि  पुनः काठमाडौँतर्फ फर्काइएको छ । बुद्ध एयरको उडान नं ९५३ को कलसाइन ९ एन-एजेएस को जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ फर्काइएको हो ।

बुद्ध एयरको जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि जहाज आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फर्काइएको थियो । डाईभर्ट गरिएको जहाजलाई ११ : १५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ ।

काठमाडौंबाट उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । अहिले जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र जहाजका यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएपछि केही बेर अन्य उडानहरु रोकिएका थिए ।