Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

२२ सोमबार , पौष २०८१४ महिना अगाडि

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ । विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो ।

विश्वविद्यालयले यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउने गरेकोमा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको भन्दै अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन माग उठेको थियो । उक्त मागपछि पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले दुवै भाषामा प्रश्नपत्र बनाउन आवाज उठाएकी थिइन् ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत १५ गते बसेको बैठकले प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो‚ तेस्रो र चौथो वर्षमासमेत लागू गर्ने निर्णय बमोजिम त्रिविले दुवै भाषामा प्रश्न निर्माण गर्ने व्यवस्था गरेको हो । अहिले स्नातक तह प्रथम वर्षको परीक्षा चलिरहेको छ ।