Advertisement Banner
Advertisement Banner

०१ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पाँच महिनामा जंगली वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु

२२ सोमबार , पौष २०८१७ महिना अगाडि

पाँच महिनामा जंगली वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु

पछिल्लो ५ महिनामा जंगली वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाएको ज्यान गएको हो ।

नेपाल प्रहरीको तथ्यांक अनुसार पाँच महिनामा ८३ जनाको मृत्यु हुनुका साथै ९९ जना घाइते भएको बताइएको छ । उक्त अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको बताइएको छ ।

पाँच महिनाको अवधिमा सर्पको टोकाइबाट सबैभन्दा धेरै ७० जनाको मृत्यु र ५३२ जना घाइते भएका छन् भने सो अवधिमा २३६ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु हुँदा १४ जना घाइते भएका छन् ।

त्यसैगरी बाघको आक्रमणबाट ३ जनाको मृत्यु र २४ जना घाइते भएका छन् भने ११ जनाको प्रहरीले उद्धार गरेको छ । गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु र १४ जना घाइते भएका छन् भने ४ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने २ जनाको प्रहरीले उद्धार गरेको छ ।