Advertisement Banner
Advertisement Banner

०१ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बिहान सबेरै भूकम्पकाे धक्का

२३ मंगलबार , पौष २०८१७ महिना अगाडि

बिहान सबेरै भूकम्पकाे धक्का

बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएकाे छ । चीनको तिब्बत केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का चीनको तिब्बत, नेपाल, भुटान, भारत र बंगलादेशको उत्तरी भेगसम्म महशुस गरिएको हाे ।

नेपाल-चीनकाे सीमा तातोपानीबाट ८२ किलोमीटर टाढा रहेकाे तिप्बतमा भूकम्पको केन्द्रविन्दु रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले ७.१ म्याग्निच्युडको भूकम्प गएकाे उल्लेख गरेकाे छ ।

काठमाडौं उपत्यकामा लामाे समयपछि गएकाे भूकम्पकाे धक्का कारण मानिसहरु घर बाहिर तथा सडकमा निस्किएका थिए । 

यत भूकम्पकाे धक्का पछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेकाले सतर्क रहन आग्रह गरेका छन् ।