Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

आज आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

२३ मंगलबार , पौष २०८१४ महिना अगाडि

आज आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ ।

महाशाखाका अनुसार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ । त्यस्तै काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेकाे र आज साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाकाे भनाइ रहेकाे छ ।

बिहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाे छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाे छ ।