Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान

२३ मंगलबार , पौष २०८१४ महिना अगाडि

कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान

बौद्धनाथ क्षेत्र विकास समितिमा रिक्त कार्यकारी निर्देशक नियुक्तिका निम्ति प्रक्रिया अघि बढाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

कार्यकारी निर्देशक छनौट कार्यविधि, २०८१ को अनुसूची–१ बमोजिम आवेदन आह्वान गरेको मन्त्रालयले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी सात दिनभित्र दरखास्त दिन सक्नेछन् । सूचनामा उम्मेदवारको उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यअनुभव तथा कुनै विदेशी मुलुकको नागरिकता, स्थायी–अस्थायी आवासीय अनुमतिपत्र, सुविधा नलिएको हुनुपर्छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।