Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

उच्च हिमाली क्षेत्रमा हिमपात, तराइमा चिसाे बढ्याे

२४ बुधबार , पौष २०८१४ महिना अगाडि

उच्च हिमाली क्षेत्रमा हिमपात, तराइमा चिसाे बढ्याे

माैशम बदलिसँगै उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ । हिमपातकाे कारण ताप्लेजुङकाे पाथीभरा मन्दिरसहित जिल्लाकाे उच्च क्षेत्रका जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भएको बताइएकाे छ । यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएपनि हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बाली लगाएका किसान चिन्तित बनेका थिए । 

अहिले समान्य वर्षा र हिमपात भएपछि किसानालाइ केही राहत मिल्ने छ । त्यस्तै हिमपातसँगै चिसो बढेपछि पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएकाे छ ।

यता अत्याधिक चिसाे बढेपछि वीरगञ्ज महानगरले बुधबारदेखि ३ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केहि दिनदेखि जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको र चिसाे अत्याधिक बढेकाले महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको बताइएकाे छ ।