Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२४ बुधबार , पौष २०८१४ महिना अगाडि

पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

चिसाेका कारण शीतलहर र हुस्सु लागेपछि नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका- ४ खुर्सानीखोलास्थित राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग गएराति साँढे १ बजेदेखि अवरुद्ध भएको बताइएकाे छ । प्रहरीले बिहान सवा ३ बजे एकतर्फी खुलाएर राजमार्ग सञ्चालनमा ल्याए पनि बाक्लो हुस्सुले अँध्यारो र शीतलहरले बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जनाएका छन् ।

डीएसपी रेशम बोहराका अनुसार अहिले दुईतर्फी नै सहज आवागमनका लागि पहल भइरहेकाे बताइएकाे छ ।