Advertisement Banner
Advertisement Banner

०१ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कीर्तिपुरमा सरकारी गाडी दुर्घटना

२४ बुधबार , पौष २०८१७ महिना अगाडि

कीर्तिपुरमा सरकारी गाडी दुर्घटना

आज बिहान काठमाडौंको कीर्तिपुरमा करिब सवा ८ बजेतिर सरकारी गाडी दुर्घटना भएको छ । शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो ।

उक्त हाइलक्स गाडी सडकबाट करिब १ सय मिटर तल भीरमा झरेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको गाडी जनक खत्रीले चलाएका थिए ।

दुर्घटनामा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।