Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

सहकारी ठगी प्रकरणमा फरार अन्जला अदालतमा हाजिर

२४ बुधबार , पौष २०८१४ महिना अगाडि

सहकारी ठगी प्रकरणमा फरार अन्जला अदालतमा हाजिर

सहकारी ठगी प्रकरणमा फरार रहेकी अन्जला कोइराला अदालतमा हाजिर भएकी छन् । आज बिहान मोरङ जिल्ला अदालतमा कोइराला हाजिर भएकि हुन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला सहकारी ठगी प्रकरणमा फरार भएकी थिइन् । आज अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी रहेको बताइएको छ ।

यसअघि मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी थिइन् । उनिसंगै सहकारीका अध्यक्ष शम्भु रौनियार, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएका मध्ये वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् भने सोही प्रकरणमा नाम जोडिएकी कोइराला आज बिहान अदालत हाजिर भएकी हुन् ।