
सहकारी ठगी प्रकरणमा जोगिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई दश लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका तहसिलदार हरिप्रसाद गुरागाईका अनुसार कोइराला धरौटी तिरेर रिहा भइसकेकी छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै भागेकी उनले आज अदालतमा आत्मसमर्पण गरेकी थिइन् ।
बिहान अदालत खुल्नेबित्तिकै अञ्जला हाजिर भएकी थिइन् । मोरङको धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।