Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

शीतलहरका कारण तराइका विद्यालय बन्द हुन थाले

२५ बिहिबार , पौष २०८१४ महिना अगाडि

शीतलहरका कारण तराइका विद्यालय बन्द हुन थाले

केहि दिनदेखि माैसममा आएकाे परिवर्तनसँगै चलेकाे शीतलहर र चिसाेका कारण तराइका विद्यालयहरू बन्द हुन थालेका छन् । एक सातादेखि निरन्तररूपमा शीतलहर चलेपछि तराइका विद्यालयहरू बन्द हुन थालेका हुन्र ।

चिसो अत्याधिक बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयमा वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय पुस २४ गतेदेखि २६ गतेसम्म बन्द गरिएको छ भने कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएकाे हाे ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकुल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको बताइएकाे छ । नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि २८ गतेसम्मका लागि बिदा दिइएको हाे । 

कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको बताइएकाे छ ।