Advertisement Banner
Advertisement Banner

०१ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

काठमाडौं आउँदै गरेकाे टाटा सुमो भकुण्डेबेंसीमा तोडफोड

२५ बिहिबार , पौष २०८१७ महिना अगाडि

काठमाडौं आउँदै गरेकाे टाटा सुमो भकुण्डेबेंसीमा तोडफोड

खाेटाङकाे दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रे जिल्लाको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा निजी कारलाइ बाटो नछोडेको भन्दै कारमा सवार व्यक्तिहरूले तोडफोड गरेकाे बताइएकाे छ ।

दिक्तेलबाट काठमाडौं आउँदै गरेको तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

घटनापछि सुमो तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको बताइएकाे छ । उक्त राजमार्ग गत असोज १० र ११ गतेको अविरल वर्षा र पहिरोका कारण क्षतिग्रस्त भएपछि अहिले सडक साँघुरो भएकाे छ ।