Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

सार्वजनिक लेखा समिति सभापति पोखरेलकाे स्वकीय सचिव पक्राउ

२५ बिहिबार , पौष २०८१४ महिना अगाडि

सार्वजनिक लेखा समिति सभापति पोखरेलकाे स्वकीय सचिव पक्राउ

संघीय संसदको सार्वजनिक लेखा समितिकाे सभापति ऋषिकेश पोखरेलकाे स्वकीय सचिव पक्राउ परेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पोखरेलकाे स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

अनिललाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले जनाएका छन् । नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत रहेका ४३ वर्षीय अनिल मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भई काठमाडाैं बस्दै आएका थिए ।

अनिल माथि ठगीको गम्भीर आरोप लागेको मोरङ प्रहरीले जनाएकाे छ । अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

यता सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए भने ठगी प्रकरणमा उच्च अदालत विराटनगरले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको थियो ।