Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

इलाममा पृथ्वीनारायण शाहको सालिक अनावरण

२८ आइतबार , पौष २०८१४ महिना अगाडि

इलाममा पृथ्वीनारायण शाहको सालिक अनावरण

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ । इलाम जिल्लास्थित रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो ।

पूर्णकदको सालिकको २१ नं बाहिनी अड्डाका बाहिनी पती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा अनावरण गरेका थिए । उक्त सालिकको निर्माण रणशार्दूल गणका जमदार कुलमान सोती मगरले गरेका थिए ।

सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी,सुरक्षा निकायका प्रतिनिधि,शिक्षक,विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । इतिहासविद् वैद्यलगायत अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए भने कार्यक्रममा वैद्यलाई निसान पदमार्गमा सहयोग पुर्‍याएको भन्दै सम्मान गरिएको थियो ।