Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

२८ आइतबार , पौष २०८१४ महिना अगाडि

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

रूपन्देहीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । रूपन्देहीको देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्का हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

घरायसी विबादमा झैँ-झगडा हुँदा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमती ४० वर्षीया कमला सेन खड्काको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको बताइएको छ ।  

पक्राउ परेका खड्का माथि प्रहरीले कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।