Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

मावि तह शिक्षकमा जागिर खुल्यो

२८ आइतबार , पौष २०८१४ महिना अगाडि

मावि तह शिक्षकमा जागिर खुल्यो

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दे माध्यमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो ।

आइतबार एक सूचना जारी गर्दे आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका लागि ३ सय ६८ जना शिक्षकको माग गरेको छ । २०८१ पौष २६ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट आजदेखि २०८१ माघ २८ गतेसम्म अनलाइन दरखास्त दिन सकिने सुचनामा उल्लेख गरेको छ ।