Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

२८ आइतबार , पौष २०८१एक बर्ष अगाडि

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता रमेश बडालले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेका छन् । उनले शीतल निवासमा आज आयोजित एक  कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेका हुन् ।  

कार्यक्रममा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताएका थिए ।

राष्ट्रपति पौडेलले पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण रहेकाले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हुने हुँदा त्यसलाई प्रभावकारी बनाउनु पर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  उक्त अवसरमा महान्यायाधिवक्त बडालले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।