Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

एक दर्जन बढी सचिवहरूको सरुवा

२९ सोमबार , पौष २०८१४ महिना अगाडि

एक दर्जन बढी सचिवहरूको सरुवा

एकै पटक सरकारले एक दर्जन बढी सचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामुको जिम्मेवारी तोकेको हो ।

जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमानराज अर्याललाई सरुवा गरिएको छ भने कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।

त्यस्तै कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डे, महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईलाई सुरुवा गरिएको छ ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र मुकुन्द प्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने बागमती प्रदेशमा महादेव पन्थलाई पठाएको छ ।

मन्त्रिपरिषद्को बैठकले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामु प्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामु सचिवको जिम्मेवारी तोकेको छ ।