Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

महानगरद्धारा परम्परागत खाद्य मेला आयोजना

२९ सोमबार , पौष २०८१४ महिना अगाडि

महानगरद्धारा परम्परागत खाद्य मेला आयोजना

काठमाडौ महानगरपालिकाले ‘स्वच्छ खाना उत्कृष्ट व्यापार’ भन्ने नारासहित परम्परागत खाद्य मेला आयोजना गरेको छ । महानगरले आइतबार दरबार हाई स्कुलको प्राड्ंगणमा उक्त परम्परागत खाद्य मेला आयोजना गरेको हो ।  

महानगरपालिकाले परम्परागत खाद्य मेलामा रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने सिपलाई रचनात्मक उद्योगका रूपमा प्रवर्धन गर्ने उद्देश्यले यो मेला गरेको जनाएको छ । उक्त मेलामा काठमाडौंका जात्रा,पर्व,धार्मिक,सामाजिक तथा साँस्कृतिक रीतिरिवाजसँगै ऋतुअनुसार बनाइने स्थानीय खाद्य वस्तु मेलाका आकर्षण रहेका थिए ।

मौलिक स्वादका रैथाने एवम् स्थानीय खानाका परिकार अन्तर्गत ‘एक वडा एक उद्यम’ उत्पादित खाद्य वस्तु प्रदर्शनीमा राखिएको थियो । त्यस्तै १६ स्टल रहेको मेलामा रैथाने तथा मौलिक खाना नेवाः परिकारका साथै स्थानीय उद्योगले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो ।