Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पाँच महिनामा ६४० अर्ब रुपैयाँ रेमिट्यान्स् भित्रियो

२९ सोमबार , पौष २०८१४ महिना अगाडि

पाँच महिनामा ६४० अर्ब रुपैयाँ रेमिट्यान्स् भित्रियो

चालु आर्थिक बर्षको पाँच महिनामा ६४० अर्ब रुपैयाँ रेमिट्यान्स् (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा रेमिट्यान्स् ४.४ प्रतिशतले बढेर ६४० अर्ब रुपैयाँ रेमिट्यान्स् भित्रिएको हो ।

यसअघि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । मंसिर मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ६९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६६९ अर्ब ७७ करोड रुपैयाँ मात्र रहेको थियो ।

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको पनि बढेको छ । पाँँच महिनामा १ लाख ९०, हजार ८४ जनाले नयाँ र १ लाख ३५ हजार ४ सय २५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ रहेको थियो ।