Advertisement Banner
Advertisement Banner

३० बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

लुम्बिनी घुम्नैपर्ने ९औं स्थानमा

२९ सोमबार , पौष २०८१७ महिना अगाडि

लुम्बिनी घुम्नैपर्ने ९औं स्थानमा

सन २०२५ मा घुम्नै पर्ने विश्वका ५२ स्थानको सूची न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको छ । यो सूचीमा लुम्बिनी ९औं स्थानमा परेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ । यही स्थानलाई न्यूयोर्क टाइम्सले यो वर्ष घुम्नैपर्ने ५२ स्थानमध्ये नवौं स्थानमा राखेर प्रचार गरेको छ । नेपालका लागि यो गौरवका विषय हो भने पर्यटन प्रवद्र्धनका लागि ठूलै उपलब्धि पनि हो ।
नेपाल टुरिज्म बोर्डले कागजी प्रचारका लागि करोडौं खर्च गर्ने गरेको छ । यसैगरी पर्यटन मन्त्रालयले पनि प्रचारमा खर्च गर्ने गरेको छ । तर न्यूयोर्क टाइम्सले प्रभावकारी रूपमा विश्वभरि नेपालको लुम्बिनीको प्रचार गरिदिएको छ । हालै न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको गन्तव्यको ताजा सूचीले लुम्बिनीलाई विश्वभर चिनाउन र सम्झाउन मद्दत गरेको छ । विश्वभरिका पर्यटक र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत यो प्रचारले सकारात्मक सन्देश प्रवाह गरेको छ । लुम्बिनी विकास कोषका अनुसार न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु नेपालकै लागि ठूलो उपलब्धि हो ।
गतवर्ष लुम्बिनीमा ११ लाख पर्यटकले भ्रमण गरेका थिए । न्यूयोर्क टाइम्सले सूची प्रकाशित गरेपछि शान्तिको खोजमा रहेका, बौद्ध बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ पर्यटनमा रमाउने र खोजमा लाग्नेहरूका लागि समेत लुमिब्नी आकर्षक स्थान रहने पक्का छ ।
लुम्बिनी अब धार्मिक र सांस्कृतिक धरोहरमात्र रहेन, पर्यटन धरोहरका रूपमा पनि केन्द्रविन्दुमा पर्न सफल भएको छ । लुम्बिनी क्षेत्र र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका कारणले पनि ठूलो लगानी भइरहेको स्थितिलाई मध्यनजर गर्दा दुबै क्षेत्रमा पर्यटकको आगमन बढ्ने र अर्थतन्त्रमा पनि सघाउ पुग्ने देखिन्छ । त्यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू न्यूयोर्क टाइम्सको यो प्रचारले निकै हौसिएको अवस्था पनि रहेको छ ।
द न्यू योर्क टाइम्सको २०२५ को यात्रा गन्तव्य सूचीमा लुम्बनीबारेमा यसको ऐतिहासिक र आध्यात्मिक महत्त्व दर्साएर विशेष स्थानको रूपमा व्यापक वर्णन गरिएको छ । लुम्बिनी बुद्धको जन्मस्थल भएको र यो क्षेत्र नै रमणीय रहेको रूपमा पनि उल्लेख गरिएको छ । संकटमा परिसकेको थियो बुद्ध जन्मस्थल लुम्बिनी । नेपालका अनेक बौद्धमागीहरूले बोधिबृक्ष भन्दै पिर्का बनाएर बौद्धमार्गीलाई बेचेर पैसा कमाए । विश्व घुम्ने अवसर पनि लुटे । जेहोस्, बुद्धजन्मथलो विश्वआकर्षण बन्यो । बुद्धको जीवनकाल ५६३ इशापूर्व देखि ४८३ इशापूर्व रहेकोमा एकमत छ । प्रख्यात चिनीया धार्मिक यात्रु हुयान साङ्ग र फाइह्यानले बुद्ध जन्मेको स्थल पृथ्वीको स्वर्गको रूपमा लिन सकिने वर्णन गरेका छन् । सन् १८९६ मा  मौर्य सम्राट अशोकद्धारा राखिएको ब्रम्हलिपिमा लेखिएको अभिलेखसहितको अशोक स्तम्भ यहीँ छ । सुरूमा राणा प्रधानमन्त्री वीर शमशेरका भाइ खड्ग शमशेरले लुम्बिनीको उत्खनन गराउँदा अभिलेख भेटिएको थियो । यो स्थान बुद्ध जन्मथलो हो भन्ने तथ्य स्थापित हुनपुग्यो । पछि जर्मन नागरिक डा. फुहररले उक्त स्थानमा कुँदिएको अभिलेख प्रकाशित गराएका थिए । विश्वले माने पनि भारतले बुद्ध भारतका भनेर कुप्रचार गरिरहेको थियो, त्यो पनि अब स्पष्ट भएको छ ।