Advertisement Banner
Advertisement Banner

३० बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

आज माघे संक्रान्ति पर्व मनाईंदै

०१ मंगलबार , माघ २०८१७ महिना अगाडि

आज माघे संक्रान्ति पर्व मनाईंदै

हरेक वर्ष झैं माघ १ गते आज देशभर माघे संक्रान्ति पर्व मनाईंदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले याे संक्रान्तिलाई मकर माघे संक्रान्ति अर्थात मकर संक्रान्ति समेत भन्ने गरिन्छ ।

आज देशभर थारू समुदायलगायत अन्य समुदायले पनि माघे संक्रान्ति पर्वलाई धुमधामका साथ मनाउँदै छन् भने आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने विस्वास समेत छ । माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने समेत धार्मिक विस्वास रहेकाे पाइन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्नुका साथै ठाउँ-ठाउँमा विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने भएकाले आज अनिवार्य नुहाउने गर्दछन् ।

माघे सक्रान्तिकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास सहित शुभकामना दिएका छन् ।