Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

एसईई परीक्षा चैत ७ गतेदेखि हुने

०१ मंगलबार , माघ २०८१४ महिना अगाडि

एसईई परीक्षा चैत ७ गतेदेखि हुने

यसवर्षको एसईई परीक्षा चैत ७ गतेदेखि हुने भएकाे छ । २०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने तालिका परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ भने यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने बताइएकाे छ । त्यस्तै दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

त्यसैगरि चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख गरिएकाे छ । सार्वजनिक तालिका अनुसार एसईई परिक्षा चैत ७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।