Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

चन्द्रपुर नगरपालिकामा दुई दिन बिदा

०१ मंगलबार , माघ २०८१४ महिना अगाडि

चन्द्रपुर नगरपालिकामा दुई दिन बिदा

माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाले अाज र भाेली सार्वजनिक बिदा दिएकाे छ । नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिन सार्वजनिक बिदा दिएकाे हाे ।

नगर कार्यपालिकाको कार्यालय तथा नगर उप-प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएकाे छ । 

नगर उप-प्रमुख चौधरीद्वारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक बिदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा बन्द रहने उल्लेख गरिएको छ ।

उक्त चन्द्रपुर नगरपालिकाको जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, राजपेडा लगायत स्थानीय तहमा थारु समुदायको बाहुल्यता रहेको छ ।