Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

विज्ञमा सूचीकृत हुन मन्त्रालयको आह्वान

०१ मंगलबार , माघ २०८१एक बर्ष अगाडि

विज्ञमा सूचीकृत हुन मन्त्रालयको आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाविज्ञमा सूचीकृत (रोष्टर) हुन पुनः आवेदन आह्वान गरेको छ । यसअघि सूचीकृत हुनका लागि आवेदन आह्वान गरिएपनि न्यून संख्यामा परेपछि पुनः आह्वान गरिएको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै आगामी माघ १३ गतेसम्म दरखास्त दिन भनेको छ । सूचनामा उल्लेख छ, ‘यस मन्त्रालयद्धारा मिति २०८१/०५/०६ मा विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि आवेदन दिन सूचना प्रकाशन गरिएकोमा पर्याप्त आवेदन प्राप्त नभएकोले विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि आवेदन गर्नुहुन यो सूचना पुनः प्रकाशन गरिएको छ ।’

मन्त्रालयका अनुसार प्रारम्भिक बालविकास तथा शिक्षा, विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक सिप तथा तालिम, प्राविधिक शिक्षा, तथ्याङ्क, सूचना प्रविधि, करिअर काउन्सेलिङ, अनौपचारिक तथा निरन्तर शिक्षा, विज्ञान तथा प्रविधि, पारमाणविक पदार्थ व्यवस्थापन र शासकीय सुधार तथा प्रशासन विकास क्षेत्रमा सूचीकृत हुन सकिनेछ ।

साथै, सम्बन्धित विषय क्षेत्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सोही क्षेत्रमा कम्तीमा दश वर्ष कामसहित विशिष्टकृत तालिम वा सिपको प्रमाणपत्र हासिल गरेको हुनुपर्छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।