
अमेरिकाको लस एन्जल्समा एक हप्तादेखिकाे आगलागीमा परि ठूलाे जनधनकाे क्षति हुनुका साथै २४ जनाले ज्यान गुमाएका छन् । उक्त आगलागीमा परि १६ जना बेपत्ता भएकाे लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीले जनाएकाे छ ।
झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ । आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको बताइएकाे छ ।
आगलागीबाट सबैभन्दा धेरै प्यालिसेड्समा २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ भने क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन् ।
उक्त स्थानमा तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको एजेन्सीले जनाएकाे छ ।