Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मकवानपुरमा १११ किलो गाँजासहित एकजना पक्राउ

०२ बुधबार , माघ २०८१एक बर्ष अगाडि

मकवानपुरमा १११ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ मा १ सय ११ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । उक्त परिमाणका गाँजासहित कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्याङ्वोलाई लागुऔषध गाँजा र गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधनसहित सार्वजनिक गरेको हो । प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले लुकाइछिपाइ गरी ल्याइएको अवस्थामा अवैध लागुऔषध गाँजा फेला पारेको बताइएको छ ।

टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा सवारीसाधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपी लुकाइछिपाइ गरी ल्याइएको अवस्थामा गाँजा फेला पारेकाले स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।