Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

गण्डकी प्रदेश लोक सेवा आयोगले लोगो निर्माण गर्दै

०३ बिहिबार , माघ २०८१एक बर्ष अगाडि

गण्डकी प्रदेश लोक सेवा आयोगले लोगो निर्माण गर्दै

गण्डकी प्रदेश लोक सेवा आयोगले आफ्नो छुट्टै प्रतीक चिन्ह (लोगो) निर्माण गर्ने भएको छ । आयोगको कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका लागि आफ्नै लोगो बनाउन लागेको हो ।

आयोगले आज एक सूचना जारी गर्दै गण्डकीको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, पर्यटकीयसहित निजामती सेवा तथा सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी झल्किने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जनाएको छ ।

‘प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशले प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, प्रदेश तथा स्थानीय तहअन्तर्गतका सङ्गठिक संस्थाहरुको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवद्र्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उद्देश्यका साथ कार्यसम्पादन गर्दै आएको छ,’ सूचनामा उल्लेख छ, ‘यस सन्दर्भमा आफ्नै एक प्रतीक चिन्ह (लोगों प्रयोग गर्न आवश्यकता महशुस गरिएकोले त्यस्तो लोगो डिजाइन गरी २१ दिनभित्र पेश गर्न आह्वान गरिन्छ ।’

आयोगका अनुसार सर्वोत्कृष्ट लोगोको डिजाइनकर्तालाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । लोगोको डिजाइनसम्बन्धी शर्त तथा अन्य थप जानकारी आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।