Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

विदेशमा अध्ययनका लागि पाँच महिनामा ४७ अर्ब ३४ करोड बाहिरियाे

०४ शुक्रबार , माघ २०८१एक बर्ष अगाडि

विदेशमा अध्ययनका लागि पाँच महिनामा ४७ अर्ब ३४ करोड बाहिरियाे

नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि चालु आर्थिक वर्षको पाँच महिनामा ४७ अर्ब ३४ करोड बाहिर लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा विदेशी शैक्षिक कार्यक्रम अन्तर्गत उक्त रकम बाहिरिएकाे हाे ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो । अहिले देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेता पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या दैनिक बढीरहेकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो ।

गएकाे मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको बताइएकाे छ ।