Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पूर्वमुख्यमन्त्री माथि हातपात गर्ने दुई जना पक्राउ

०६ आइतबार , माघ २०८१४ महिना अगाडि

पूर्वमुख्यमन्त्री माथि हातपात गर्ने दुई जना पक्राउ

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार थापामाथि शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा पूर्वपश्चिम राजमार्गको सुरुङ्गामा हातपात भएको बताइएकाे छ ।

पूर्वमुख्यमन्त्री थापामाथिकाे हातपात संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको पनि अधिकारीले जानकारी दिएका छन् । उनिहरू नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको बताईएको छ । 

पूर्वमुख्यमन्त्री थापाले चढेको बा १ झ ६५३ नम्वरको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण भएकाे थियाे ।